गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्याताविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ । शुक्रबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुबै पक्षलाई बोलाएको हो । 

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर हुनुपर्नेमा गर्भनर अधिकारीको योग्यता सोअनुसार नभएकाले नियुक्ति बदरको माग रिट निवेदनमा गरिएको छ । 

रिटमा निवेदकहरुले गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको दाबी गरेका छन् । सो योग्यता स्नातकोत्तर वा सो सरह नभएको उनीहरुले जिकीर गरेका छन् । २०७६ चैत २४ मा अधिकारी राष्ट्र बैंककोगभर्नर नियुक्त भएका थिए ।