दशैंको अवधिभर बन्द रहेको सेयर बजार आजदेखि खुल्ने

काठमाडौं - दशैंको अवधिभर बन्द रहेको सेयर बजार आज (आइतबार)देखि खुल्ने भएको छ । झन्डै एक सातादेखि बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको हो ।

आजदेखि नियमित समय अर्थात् ११ बजेदेखि बजार खुल्नेछ । यतिबेला लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा र साधारण सभा गरिरहेका छन् ।

अब चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक हुनेछ ।