नेपालले पहिलो खेल भोलि सिंगापुरसँग खेल्ने, टोलीमा सन्दीपको पुनरागमन

 काठमाडौँ - आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्ने भएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा कात्तिक १३ गते हुने पहिलो खेलमा नेपालले सिंगापुरको सामना गर्नेछ । नेपाल क्रिकेट संघ क्यानले शनिबार घोषणा गरेको तालिका अनुसार दोस्रो खेलमा नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

तालिका अनुसार कीर्तिपुरस्थित टियु र मुलपानी क्रिकेट मैदानमा छनोट खेल हुनेछन् । कात्तिक १३ देखि १९ गतेसम्म आयोजना प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया सामेल छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी(ट्वान्टी विश्वकप खेल्न पाउने छन् । नेपालले छनोटका लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार छनोटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

टोलीमा कप्तान पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतीश जिसी, ललित राजवंशी, विनोद भण्डारी, र विवेक यादव छन् ।

यस्तै महत्त्वपूर्ण बलर तथा लेग स्पिनर सन्दीप टोलीमा पुनरागमन भएका छन् । विश्वकप छनोटकै तयारीस्वरूप घरेलु मैदानमा शुक्रबार सम्पन्न त्रिकोणात्मक शृंखलामा भने सन्दीप सामेल भएनन् ।

उक्त प्रतियोगीतामा ४ खेल जितेको नेपाल उपाधिबाट भने चुकेको थियो । उक्त प्रतियोगिता करिब १० दिन चेलेको थियो । सन्दीप मैदानमा खेलका लागि नगएपनि फाइनलमा खेल हेर्न भने पुगेका थिए ।

क्रिकोणात्मक श्रींखलको उपाधि नेपाललाई हराउदै युएइले उचालेको थियो ।