बदाम खानुहुन्छ ? आजै बाट खानुहोस् । यस्ता छन् फाईदा


काठमाण्डौँ - बदाम वनस्पतिक प्रोटिनको भरपुर श्रोत हो । बदाम खानु शरीरको लागि निकै फाईदाजनक हुन्छ । बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ। यसमा आइरन, नियासिन, फोलेट, क्यालसियम, र जिङ्क भरपुर मात्रामा पाइन्छन्। बदाममा भिटामिन ई, भिटामिन के र भिटामिन बी ६ पाइन्छ । यी पोषणहरुको फाइदा लिन प्रत्येक दिन रातो छिल्का भएको कम्तीमा पनि २० दाना बदाम खानुपर्छ।

बदामका फाईदाहरु यसप्रकार छन् :
यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ। यसका साथै फोक्सोलाई पनि यसले मजबुत बनाउँछ।

– बदाममा तेलको अशं हुने भएकाले पेट सम्बन्धी रोगहरु निको पार्छ। यसको दिनहुँ प्रयोगले ग्यास र एसिडीटिको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ।

– बदामको प्रयोगले कलेस्ट्रोललाई नियन्त्रण गर्न पनि मदत गर्छ। एक हप्तामा पाँच दिन केही बदाम खानाले मुटुको रोगहरुबाट पनि टाढा रहन सकिन्छ।

– गर्भवती महिलाहरुलाई पनि यसले फाइदा र्पुयाउँछ। यसले गर्भमा रहेको शिशुको विकासमा पनि मदत गर्छ।

– खाना खाईसके पछि ५० वा १०० ग्राम बदाम खानाले खाना सजिलै पाचन हुन्छ र शरीरमा रगतको कमी पनि हुँदैन।

– प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोनहरु सन्तुलनमा रहन्छन्।

(यसको प्रयोगले छाला र हाडलाई पनि फाइदा र्पुयाउँछ।