ओखलढुङ्गामा बालिका बलात्कार आरोपमा दुई किशोर पक्राउ

काठमाडौँ । दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुङ्गामा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको छ ।

एक १२ वर्षीया र अर्की १४ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा १८ वर्ष उमेरका दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय कार्कीले बताए ।

बालिकाको आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

उनीहरूविरुद्ध बालिकाका आफन्तहरूले गत सोमबार प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।