बिहीबार एमाले सचिवालयको बैठक बस्ने

काठमाडौँ । यहि साउन १७ गते बिहीबार नेकपा (एमाले) सचिवालय बैठक बस्ने भएको छ ।

बैठकले बाँकी रहेको जिल्ला अधिवेशन, एमालेले २०८१ को कार्ययोजना लागू  गर्ने लगायतका विषयमा छलफल गर्ने  कार्ययोजना रहेको सचिवालयको बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ। ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले परिपत्र गरिसकेको छ। साउन मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न पनि निर्देशन दिएको छ।