भ्रष्टाचारको फाइल बन्द गर्न कांग्रेस–एमालेले नयाँ गठबन्धन बनायो : सांसद मोदी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भ्रष्टाचारको फाइल बन्द गर्न कांग्रेस एमाले मिलेर नयाँ गठबन्धन कायम बनाएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् । सांसद मोदीले संविधान संशोधन गर्ने भनेर सत्तारुढ गठबन्धनले जनतामा भ्रम छरे पनि आफूमाथि लागेको भ्रष्टाचारको आरोपबाट मुक्ति पाउने कामलाई प्राथमिकता दिएको बताए।

सांसद मोदीले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्धमा प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने पनि बताए। सांसद मोदीले सुशासनको पक्षमा दृढतापूर्वक काम गरिएको प्रचण्ड नेतृत्वको सरकारलाई हटाउने काम गरेको भन्दै कांग्रेस–एमालेप्रति आक्रोश पनि व्यक्त गरे।