सरकारले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास गरेको रवि लामिछानेको आरोप   

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै भ्रष्टाचारका प्रकरणका फाइल खोलेर त्यसको जस पनि आफै लिन भनेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरु आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए। उनले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाए।

उनले भने, ‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरुले खोलेकै होइनौँ भन्नेकुराहरु आए। ठिक छ, तपाईंहरुले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन। काण्डहरु पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो। ३०औं वर्षमा यी काण्डहरु पनि आफैँले गरेको हो भनिदिए राम्रो हुन्थ्यो। फाइल तपाईंले नै खोल्नुभएको हो। तर बन्द नहुँदै ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास गर्नुभयो। जुन फाइलमा प्राण थियो। त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोशिस गरेका हौँ।’

सभापति लामिछानेले आफू सरकारमा कुनै पनि पूर्वाग्रही रहेर काम नगरेको जिकिर गरे।