राष्ट्रपति पौडेलद्धारा अभिलेख संरक्षणसम्बन्धी विधेयक प्रमाणीकरण  

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । 

सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।