गर्मीको कारण भारतमा ६ जनाको मृत्यु, तापक्रम ४९ डिग्री पुग्यो

एजेन्सी । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको छ । सो राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ६ जनाको मृत्यु भएको  भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या सोमबार दुई हजार आठ सय नौबाट बढेर तीन हजार छ सय २२ पुगेको छ । मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ । विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ ।