तराईका जिल्लामा गर्मी बढ्दै, तीन दिनसम्म तातो हावाको लहर चल्ने

काठमाण्डौँ - तराईका जिल्लामा गर्मी बढ्दै गएको छ । अबको तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ । ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ । आज कोशी प्रदेशसहित पहाडी क्षेत्रका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । अरु बाँकी क्षेत्रमा आजको मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।