दोहोरो अंकले घट्यो नेप्से, कारोवार रकम कति ? 

काठमाण्डौँ - साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१२ प्रतिशत अर्थात २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा सीमित बनेको छ ।

 सेन्सेटिभ इन्डेक्स पनि १।२७ प्रतिशतले घटेर ३७४.०९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूह बढ्यो भने ८ वटा घट्यो र एउटा समूह भने अपरिवर्तित रह्यो ।  
आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज २।६८ प्रतिशतले बढ्यो । आज वित्त समूह ०.१४, होटल १.१३ र व्यापार समूह ०.६९ प्रतिशतले बढ्यो ।  

म्युचुअल फण्ड समूह भने आज अपरिवर्तित रह्यो । आज बैंकिङ समूहमा सर्वाधिक गिरावट आयो । बैंकिङ समूह २.९४ प्रतिशतले घटेको आज विकास बैंक १.११, हाईड्रो ०.११, लगानी ०.८३,जीवन बीमा १.३०,लघुवित्त १.७१,निर्जीवन बीमा ०.९६ र अन्य समूह ०.७० प्रतिशतले घट्यो ।