२०८४ को चुनावमा एक्लै लड्ने तयारी गरिरहेका छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ।  नेकपा (माओवादी) केन्द्रका नेता पुष्पकमल दाहाल  प्रचण्डले २०८४ को चुनावमा एक्लै लड्ने बताए ।

आइतबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले ०८४ को चुनाव एक्लै लडेर जित्ने योजनाबारे पार्टीमा छलफल भइरहेको बताए ।

उनले सरकार छाड्दा आफूहरु विजेता जस्तो र सरकारमा जानेहरु हारेकाहरु जस्तो देखिएको भन्दै भ्रष्टहरू मिलेर सरकार बनाएको जनतालाई पनि बुझाउन जरूरी रहेको बताए ।

उनले भने, ‘यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’ १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा काम गरेको उनले दाबी गरे ।