देउवाले बोलाएको प्रतिपक्षी दलहरूको बैठक बस्दै  

काठमाडौँ ।  कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको प्रतिपक्षी दलहरुको बैठक आज (मंगलबार) बस्ने भएको छ ।

नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूको बैठक बिहान १० बजे बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यकक्षमा बस्नेछ । 

सरकारले मंगलबार नै आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै छ। यसका लागि संसद् बैठक दिउँसो १ बजे बस्दै छ।

त्यसअघि प्रतिपक्षी दलको रणनीति तय गर्न कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलको बैठक बोलाएका हुन्।

प्रतिपक्षी दलको बैठकपछि कांग्रेस संसदीय दलको बैठक बस्नेछ।