कैलाश सिरोहियालाई काठमाडौं ल्याईँदै, मेडिसिटी अस्पतालमा उपचार हुने 

काठमाडौँ - नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइँदै छ ।

स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो । प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गर्ने तयारी भएको हो ।