बजेट अघि कांग्रेस संसदीय दलको बैठक बस्दै, के छ एजेन्डा ?

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दैछ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने  कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

काग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो। तर छानबिनका लागि संसदीय समिति र त्यसको कार्यादेशबारे दलहरूबीच करिब सहमति भइसकेको सन्दर्भमा कांग्रेसको संसदीय दल बैठकमा अबको रणनीतिबारे छलफल हुनेछ।

यसैगरी मंगलबार नै अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गर्न लागेको बजेटबारे पनि छलफल हुनेछ।