सरकार र कांग्रेसबीच करिब करिब सहमति, संसदको अवरोध हट्ने

काठमाडौँ - रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आइरहेको प्रमुख प्रतिपक्ष दल कांग्रेस र सरकारबीच अनौपचारिक सहमति भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटार भएको छलफलमा गोर्खा मिडिया नेटवर्कमा भएको सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बन्ने पक्का जस्तै भएको छ ।

कानुनमन्त्री पदम गिरीका अनुसार कार्यदलको बैठकबाट कार्यादेश टुंगो लाग्ने र औपचारिक सहमति हुने भएको छ । योसँगै संसदको अवरोध पनि हट्ने उनले बताए। भोलि नै संसदको संयुक्त बैठक सुचारु हुनेमा पनि सहमति भएको छ ।