कर्णाली पुलबाट हाम्फालेका शाहीको शव फेला

काठमाडौँ । कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले आज  उनको शव फेला परेको जानकारी दिए ।

टिकापुर नगरपालिका २ स्थित नदीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको हो। शाहीका आफन्तले शवको सनाखत गरेका छन्।

शाही यही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए। उनीसँगै हाम्फालेका १६ जना भने सकुशल निस्किएका थिए।