देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ ।  देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागको अनुसार पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ ।

पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको  मौसमविद् गोविन्दकुमार झाले बताए ।

मौसमविद् झाले भने, ‘अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यो क्रम अझै केही दिन जारी रहनेछ ।’