फ्लोरिडामा तीन अश्वेत व्यक्तिको गोली हानेर हत्या

काठमाडौं - अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले तीन अश्वेत व्यक्तिको गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

फ्लोरिडाको एक पसलमा एक मुखौटा लगाएका गोरा व्यक्तिले जातीय उत्प्रेरित आक्रमणमा तीन काला जातिका व्यक्तिहरूलाई गोली हानेका हुन् । ज्याक्सनभिलको शेरिफको कार्यालयका अनुसार २० वर्षको रहेको तर अहिलेसम्म नाम नखुलेको व्यक्तिले आक्रमण शैलीको राइफल र ह्यान्डगन लिएर डलर जनरल आउटलेटमा प्रवेश गरेका थिए ।

उनले तीन काला ग्राहक दुई पुरुष र एक महिलालाई गोली हानेर मारेको बताइएको छ । गोली चलाउने क्रममा प्रहरीसँग झडप पनि भएको थियो । प्रहरीसँगको झडपपछि उनले आफैलाई समेत गोली हाने । ज्याक्सनभिल शेरिफ टीके वाटर्सले शनिबार एक पत्रकार सम्मेलनमा भने, ‘यो गोलीबारी जातीय उत्प्रेरित थियो र उसले काला मानिसहरूलाई घृणा ग¥यो ।’