कम्युनिष्ट पार्टीहरु फुट्दै जाने हो भने समाजवाद निर्माण गर्न सकिँदैन् : वामदेव गौतम

काठमाडौँ । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले कम्युनिष्ट पार्टीहरु फुट्दै जाने हो भने समाजवाद निर्माण गर्न नसकिने बताए ।

शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गौतमले यस्तो बताए । उनले मुलुकलाई शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएकाले त्यसका लागि कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्नुपर्ने प्रश्ताव आफुले राख्नु परेको  बताए । 

पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगयतका कम्युनिष्ट पार्टीका नेताहरु सहभागी रहेको सो कार्यक्रममा संयोजक गौतमले कम्युनिष्ट पार्टीहरु फुट्दै जाने कुरामा समाजवाद निर्माण गर्न नसकिने भएकाले पनि सबै कम्युनिष्ट पार्टीहरु एकताबद्ध भएर अघि बढनुको विकल्प नरहेको बताए।

उनले केही कम्युनिष्ट पार्टीहरुबीच केही भिन्नता भए बसेर हल गर्न सकिने उल्लेख गर्दै समाजवाद निर्माण गर्ने लक्ष्य प्राप्तका लागि पनि सबै कम्युनिष्ट पार्टीहरुबीच एकता भएर अघि बढ्नुको विकल्प नरहेको बताए।