कांग्रेस एमाले मिलेर साना पार्टी सखाप पार्न खोजेको अध्यक्ष प्रचण्डको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस एमालेले  मिलेर साना पार्टी सखाप पार्न खोजेको आरोप लगाएका छन् ।

आज शनिबार काठमाडौँमा पुष्पलालको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दुई दलीय प्रणाली स्थापित गर्ने षड्यन्त्र भइरहेको उनको दाबी छ।

लोकतान्त्रिक गणतन्त्रात्मक देशमा दुई ठूला दल मिल्नु पनि उचित नभएको उनको भनाइ छ। बिचौलियाको सेटिङ भत्काउन खोजेको परिणाम नै आफू सरकारबाट बाहिरिनुपरेको उनको दाबी छ।

उनले कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध बनाउनुपर्ने पनि बताए। एमालेभित्र पनि देशभक्तको ठूलो पंक्ति रहेको भन्दै उनले एकपटक असफल भयो भन्दैमा कम्युनिष्ट आन्दोलनलाई एकजुट गराउने प्रयास नरोक्ने बताए।