तनहुँमा जिप दुर्घटना चालक सहित पाँच घाइते

तनहुँ - पृथ्वी राजमार्गमा पर्ने तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउसमा मङ्गलबार बिहान ४ बजे जिप दुर्घटना हुँदा चालक सहित पाँच यात्रु घाइते भएका छन् ।

 आबुखैरेनीबाट मुग्लिङ जाँदै गरेको बा १७ च ७९६० नं को बोलेरो जिप सडकबाट करिब १५० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक सहित जिपमा सवार यात्रुहरू मध्ये ५ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिए । घाइतेहरूको उद्धार गरिएको छ 


घाइते चार जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको र एक जनाको थप उपचारको लागि पुरानो मेडिकल भरतपुर, चितवनमा पठाइएको विष्टले बताउनुभयो । कैलाली जिल्लाको गोदाबारी न।पा।–३ बस्ने वर्ष ३० को खगेन्द्रराज पनेरुलाई चितवन पठाइएको विष्ट जानकारी दिए । विष्टका अनुसार आँबुखैरनी अस्पतालमा उपचार हुनेहरूमा जिप चालक कैलालीको धनगढी नगरपालिका –४ बस्ने वर्ष २७ को दयाराम राना, सुर्खेत वीरेन्द्र नगरपालिका–६ बस्ने वर्ष २८ को थानेश्वर भट्टराई सोही नगरपालिकाको वडा नं ९ बस्ने वर्ष २८ को निबस खत्री, दार्चुलाको महाकाली नगरपालिका– ५ बस्ने वर्ष २४ को राकेश भट्ट छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।