नाइजेरियामा आक्रमण, १६० जनाको मृत्यु

काठमाण्डौँ - मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । 

बोक्कोस स्थित  स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६ जनाको मृत्यु भएको छ । 

बोक्कोस, पठार राज्यको स्थानीय सरकारका अनुसार कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ । झडपमा घाइते भएका ३०० भन्दा बढी  व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ। स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ गाउँमा १०४ जनाको मृत्यु भएको  उल्लेख गरेको छ।  संसद्का सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका थुप्रै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको  छ।