काठमाडौँको शंखमूलमा पुल हाउस सञ्चालकको हत्या

काठमाडौँ । काठमाडौँ महानगरपालिका- १०, शंखमूलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

बान्तवाको शरीरमा घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । बान्तवाले बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका थिए ।

उनको हत्या कसले र किन गर्यो खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।