लिलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौँ - सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ ।
बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो ।