कार्यादेश टुंगोमा पुर्‍याउन शीर्ष नेताबीच आज पुनः बैठक बस्दै

काठमाडौँ - सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश टीओआर टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज बैठक बस्दैछ । 

शनिबार बसेको बैठकमा उक्त विषयमा टुंगो लाग्न नसकेपछि बैठक आइतबार बस्ने तय भएको हो । 
कार्यादेशमा टुंगो लाग्न सहमति जुट्न नसकेपछि बैठक पुनः आज बस्ने सहमति भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।  शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए ।