'सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख' : गगन थापा

 काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 
महामन्त्री थापाले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए । उनले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताए ।