धनगढी उपमहानगरपालिकाका मेयरकी छोरी भारतको गोवाबाट सम्पर्कविहीन

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन भएकी छन् ।

मेयर हमालले आफ्नो छोरी आरती भारको गोवाबाट सम्पर्कविहीन भएको सामाजिक सञ्जाल फेसबुमार्फत जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खोजी कार्यमा सहयोग गरिदिन अपिल गर्दै लेखेका छन्, ‘मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि  ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने  शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले  खोजी  कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु । 
साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ  जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले  मोबाईल न.9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरि त्यहाँ आवश्यक  सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक  अनुरोध गर्दछु ।’