मकवानपुरमा सालनालसहित नवजात शिशुको शव फेला

काठमाडौँ । मकवानपुरमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ।

मंगलबार   मनहरी गाउँपालिका– ७ रमौली बांगेटोलस्थित मनहरी खोला किनारमा नवजात शिशुको शव फेला परेको हो।

भर्खरै जन्मेजस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले शिशुको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याएको र घटनाको आवश्यक अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले बताए।