सर्वोत्तमको कारोवारले अरु शेयर छायाँमा, पहिरो जाने सिमेन्ट कम्पनीहरुको कति घट्यो ? 

काठमाण्डौँ - चैत्र ६ गते देखि नेप्सेमा सर्वोत्तम सिमेन्टको कारोबार सुरु भयो । चार दिन नै कम्पनीको सकारात्मक सर्किट लागेको छ । चैत्र ६ मा पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ उक्त दिन बढेर ६११.७ रुपैयाँ पुग्दै सकारात्मक सर्किट  लागेको हो । उक्त सेयरमा अहिले उच्च माग रहेको भएता भए पनि उक्त दिन केबल ४०० कित्ता सेयरको कारोबार भएको थियो  ।

तेस्तै कम्पनीको दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९ हुँदै चौथो दिन ८१३.८ रुपैयाँ पुगेर चौथो सकारात्मक सर्किट  लागेको थियो  । उक्त सेयरमा अहिले पनि अत्यधिक माग रहेको छ भने सप्लाई निकै न्यून रहेको छ । 

उता,सर्वोत्तमको कारोबार सुरुवात संगै अरु सिमेन्ट कम्पनीको मूल्य भने घटेको घटेकै छ । 
 
शिवम सिमेन्टको चैत्र ६ यता प्रति कित्ता ४८ रुपैंया घटिसकेको छ ।  चैत्र छ मा ५७५ रुपैंया मा सुरु भएको कम्पनीको कारोबार त्यसयता घट्दो क्रममा रहेको छ । चैत्र १२ को कम्पनीको अन्तिम कारोबार ५२७ रुपैंयामा भएको छ । 

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको मूल्य पनि घट्दो क्रममा रहेको छ । सर्वोतमको कारोबार भएको दिन देखि नै निरन्तर घटिरहेको घोराहीको पछिल्लो कारोबार प्रति कित्ताको मूल्य ५०८ रुपैंया २० पैसा रहेको छ ।