केपी ओली कप टी–२० क्रिकेटमा एपीएफले लुम्बिनीलाई हरायो

काठमाण्डौँ - केपी ओली कप टी–२० क्रिकेटमा आज सशस्त्र प्रहरीको एपीएफ र कर्णाली प्रदेश विजयी भएका छन् । 
बलिङतर्फ एपीएफका अरुण ऐरीले पाँच विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ७ विकेट गुमाएर १ सय ५१ रन बनायो । उसका लोकेश बमले सर्वाधिक ३२ रन बनाए । जितसँगै एपीएफले दुई खेलमा दुई अङ्क जोडेको छ । लुम्बिनी आज पहिलो खेलमै पराजित भएको हो।

बाग्मती समूह ‘ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ, मदन भण्डारी बाहिरिएको छ । प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।