कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै

मोरङ - कोशी प्रदेशमा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले नेता हिक्मतकुमार कार्कीले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

मुख्यमन्त्री कार्कीले एमालेका थप चार जनालाई मन्त्री नियुक्त गर्न लागेका हुन् । कार्कीले २० असोजभित्र विश्वासको मत लिनुपर्छ । तर, विश्वासको मत लिन भने त्यस्तो राजनीतिक समीकरण बनिसकेको छैन ।

मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई मन्त्री बन्ने पक्का भइसकेको स्रोतले जानकारी दिएको छ । आजै साँझ प्रदेश प्रमुखको कार्यलयमा शपथ गराउने कार्यक्रम रहेको एमालेका एक नेताले बताए ।