ट्रम्पले गरे जर्जिया जेलमा आत्मसमर्पण, २ लाख डलर धरौटीमा रिहा

 जर्जिया - पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमपर्ण गरेका छन् । सन २०२० जर्जिया चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमा चौथों मुद्धा खेपिरहेका पुर्व राष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन् ।

उनले आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई पक्राउ गरी फुल्टन काउन्टी जेलमा नजरबन्दमा राखे। तर, पछि ट्रम्पलाई २ लाख डलरको धरौटीमा रिहा गरिएको थियो। यसपछि मात्रै उनी न्यू जर्सी गएका थिए ।

यस वर्ष पूर्वराष्ट्रपतिले आफूमाथि लागेको फौजदारी अभियोगमा स्थानीय वा संघीय अधिकारीसमक्ष आत्मसमर्पण गरेको यो चौथो पटक हो । समाचार अनुसार ट्रम्पले आत्मसमर्पण गर्नु अघि उनका समर्थकहरु ठूलो संख्यामा जेलबाहिर भेला भएका थिए र विरोध प्रदर्शन गरिरहेका थिए । पूर्व राष्ट्रपतिका समर्थकले जिल्ला न्यायधिवक्ता फ्यानी विलिसविरुद्ध नाराबाजी गरेका थिए ।