कोरियामा मृत्यु भएकी सोनुको शव नेपाल ल्याइयो  

काठमाडौँ । दक्षिण कोरियामा मृत्यु भएकी सोनु श्रेष्ठको शव नेपाल ल्याइएको छ ।

इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनुको  शव कोरियामा बस्ने नेपालीले रकम उठाएर गत शुक्रबार नेपाल पठाएका हुन्।

आज (आइतबार)  १२/१ बजेसम्ममा शव घर नै ल्याइपुर्‍याउने जानकारी पाएको माई नगर प्रमुख खम्बसिं लिम्बूले बताए।

कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज सोनसिक र त्यहाँस्थित इलामेली समाजले उनको शव गृह जिल्ला पठाउने खर्च संकलन गरी सहयोग गरेका थिए।

सोनुको शव नेपाल पठाउन कोरियाबासी नेपालीले महत्वपूर्ण सहयोग गरेका थिए। विद्यार्थी भिसामै गत फेब्रुअरीमा कोरिया पुगेकी श्रेष्ठको भदौ २ गते मृत्यु भएको थियो।