इटहरीको बुढी खोलाले बगाएर एकजनाको मृत्यु, दुई बेपत्ता

काठमाण्डौँ - सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ । सोमबार रातिदेखि आएको बाढीले बगाएको दाउरा संकलन गर्ने क्रममा अन्य दुईजना बेपत्ता भएका छन् ।

बढीले बगाएर मृत्यु भएकी एकजना महिलाको सब फेला  पारिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए । उनको पहिचान भने खुलेको छैन । बेपत्ता भएकाहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको उनले बताए । 

लगातारको वर्षातका कारण सुनसरीको धरान उपमहानगरपलिका ३ मा पहिरो जाँदा दर्जन घर जोखिममा परेका छन् । बाढीका कारण जनधनको क्षति हुने भएकोले गरमै सर्वसाधारणलाई घरमै बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।