सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति

काठमाण्डौँ - नागरिकतासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई बुधबार अदालतमा हाजिर गराइएको थियो । बुधबार थपिएको तीन दिनको म्याद आज सकिँदै थियो ।