राप्रपा केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै 

 काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समिति बैठक शनिबार पनि बस्दै छ ।  शुक्रबारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि विभिन्न कार्यपत्रहरू प्रस्तुत गर्ने क्रम जारी रहने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।