ललितपुर ढोलाहिटी हत्याकाण्ड : ग्याङ फाइटपछि रेष्टुरेन्ट सञ्चालकले हानेका थिए दुवैजनामाथि छुरा

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा रेष्टुरेन्टु सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ।

होली खेल्ने क्रममा दुई समूहबीच भएको ग्याङ फाइटमा रेष्टुरेन्ट सञ्चालकले नै छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।

हत्यामा ढोलाहिटीस्थित डि–पोपिना रेस्टुरेन्टका सञ्चालक विजय राई मुख्य दोषी देखिएको प्रहरी स्रोतले बताएको छ। प्रहरीले रेष्टुरेन्टका सञ्चालकसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ। 

हत्यामा कसको के भूमिका थियो भनेर खुलिनसकेको तर छुरा भने रेष्टुरेन्टका सञ्चालकले नै हानेको खुलेको ती अधिकृतले बताए।

गएराति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा सुनसरी धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो।