बडीमालिकामा आगलागी, तीन घर जलेर नष्ट 

काठमाडौँ । बडीमालिकामा गएराती आगलागी हुँदा तीन घर जलेर पूर्णरूपमा नष्ट भएका छन्।

बाजुरा जिल्लाको  बडीमालिका नगरपालिका– ६ कोर्धमा आइतबार राति अम्म बडुवाल, बलबहादुर बडुवाल र बादुरे बडुवालकोसंगै जोडिएको तीनतले घरमा आगलागी भएको थियो ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको र आगलागीबाट लत्ताकपडा, खाद्यन्नसहित सवै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

मानबीय र पशुचौपाएको क्षति भने नभएको प्रहरीले जनाएको छ। आगो स्थानीयबासी र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएका थिए।