आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित, अर्को बैठक चैत १८ गते बस्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

सोमबार बिहान ९ बजेका लागि बोलाएको परिषद् बैठक स्थगित भएको जानकारी राति मात्र आएको एक सदस्यले जानकारी दिए ।

बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । ‘आज सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो । तर राति फेरि स्थगित भएको सूचना आएको छ । कारण खुलाइएको छैन’,ती सदस्यको भनाइ छ । उनका अनुसार चैत १८ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।