१४ किलो सुन प्रकरणमा घले समूहले १३८ केजी सुन भित्र्याएको निष्कर्ष

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १४ सुन केजी सुन ल्याउने घले समूहले हालसम्म १३८ केजी सुन भित्र्याएको अनुसन्धान समितिले निष्कर्ष निकालेको छ ।

विमानस्थलका भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा गठित छानबिन समितिले  एउटै घले समूहले १३८ किलो सुन ल्याएको निष्कर्ष आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । 

‘मीनबहादुर घले, चन्द्रबहादुर घले र कृष्णकुमार श्रेष्ठले १३८ केजी सुन ल्याएर विमानस्थलमा सेटिङ मिलाएर बाहिर ल्याउने गरेको’ समितिको प्रतिवेदनमा जनाइएको छ ।