साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  आज सुन प्रतितोला एक सय रुपैयाँले बढेको भने चाँदी ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर एक लाख १२ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
यसैगरी, चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।