'बैंकले कर्जा प्रवाह नगर्दा अर्थतन्त्र चलायमान भएन भन्न मिल्दैन' : गभर्नर अधिकारी

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

बैंकहरुको कर्जा प्रवाह मुलुकको कुल गार्हस्थ उत्पादन ९जीडीपी० भन्दा धेरै भइसक्दा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको उनले बताए । अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकको कर्जा प्रवाह बढ्ने गरेको भन्दै उनले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्ने भ्रममा बस्न नहुने बताए ।

‘नेपालको कर्जा प्रवाह जीडीपीभन्दा धेरै छ । अहिले बैंकले लोन नदिएका कारणले अर्थतन्त्र चलायमान भएन भन्ने गरिएको छ, बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो रु’ उनले प्रश्न गरे । राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कलाई नै बेलाबेलामा सैद्धान्तिक अभ्यासले चुनौती दिने गरेको उनले बताए ।