निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ आज हुँदै 

काठमाडौँ - निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुने भएको छ ।
संसदीय सुनुवाइ समितिले प्रधानको सुनुवाइ दिउँसो १ बजेबाट हुने जनाएको छ ।

संवैधानिक परिषदले असार २ गते नै प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो। प्रधानको संसदीय सुनुवाइका लागि असार २० र २१ गतेलाई मिति तोकिएको छ । तर, उनीविरुद्ध उजुरीमाथि छलफल गर्नुपर्ने भन्दै समितिले सुनुवाइ रोकेको थियो ।

प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको थियो। सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरिसकेपछि प्रधानको सुनुवाइ रोकिएको थियो ।