सातवटा संसदीय समितिको बैठक एकै पटक बस्दै

काठमाडौँ - आज सातवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे एकै पटक अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्दै छ । नेपालले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरूसँग गरेको सन्धि सम्झौताहरूको विवरण र हालसम्मको कार्यप्रगति र मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूमाथि बैठकमा छलफल हुनेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिमा प्राप्त विधेयकहरूका सम्बन्धमा छलफल हुनेछ भने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूमा छलफल हुनेछ । यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । जसमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्न ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।