सिरोहियाको आजदेखि बयान, म्याद थपका लागि अदालत लगिंदै

 काठमाण्डौँ - नागरिकता कीर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको आजदेखि बयान शुरु हुँदैछ । सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने शुक्रबार शुुरु हुन लागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् । सिरोहियालाई शुक्रबारसम्म मात्रै तीन दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको थियो ।

बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ । मंगलवार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा लगिएको थियो । अध्यक्ष सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लैजाने तयारी गरेको छ । प्रहरीले पाएको म्याद बिहीबार नै सकिएको छ । बिहीबार सार्वजनिक विदा रहेकाले प्रहरीले आज अदालत लग्दैछ ।