कार्यदलको बैठक निष्कर्षविहीन, आज पनि जुटेन सहमति

 काठमाडौँ - सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टीओआर टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

हिजोदेखि नै लगातार छलफल गरे पनि दुवै पक्षले सहमति जुटाउन सकिरहेका छैनन् । शुक्रबार कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति नजुटे पनि छलफल सकारात्मक भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

आज प्रतिनिधि सभा बैठक बोलाइएको छ । तर यता कार्यदलमा सहमति जुट्न नसक्दा बैठक के हुने हो भन्ने अन्योल छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ ।