होलीमा उच्छृङ्खल गतिविधि गर्ने २७७ जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ । होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा २७७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जबर्जस्ती रंग लगाइदिने, अमर्यादित गतिविधि गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीका डीएसपी दिपेश बस्यालले जानकारी दिए ।

पक्राउ परेका मध्ये १५ जना महिला रहेका छन् । काठमाडौँ प्रहरीका डीएसपी दिपेस बस्यालका अनुसार पक्राउ परेकामध्ये केहीलाई हाजिर जमानीमा छाडिएको छ । केहीलाई अभद्र व्यवहार मुद्दा चलाइने उनले बताए ।

होलीलाई मध्येजनर गरेर प्रहरीले काठमाडौँ सुरक्षा व्यवस्थामा कडाइ गरेको थियो । आज प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ७८४ सवारी साधनलाई कारबाही गरेको थियो ।