माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

काठमाडौँ । माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

ओझासँगै ढिस्कोमा पुरिएकी ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको छ । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।